कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली 

-



     सफल आवाज    
     पौष ४ गते २०८० मा प्रकाशित



काठमाडाैं, ४ पुस । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएकाे छ। हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीकाे संभाबना रहेकाे र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाइएकाे छ।

पुस ०४ गते (बुधबार)

दिउँसो:  देशभर आंशिक बदलीकाे संभाबना तथा सामान्यतया माैसम सफा रहनेछ।   

राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।   

पुस ०५ गते (बिहीबार)

दिउँसो:  देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।   

राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।   

पुस ०६ गते (शुक्रबार)

दिउँसो:  देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।   

राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।   

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।