नेपाल टेलिकमद्वारा ४० प्रतिशत लाभांश घाेषणा

-



     सफल आवाज    
     पौष ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ पुस। नेपाल टेलिकमले सेयरधनीलाइ ४० प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ । टेलिकमको पुस ५ गते बसेको बोर्डको बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएर आगामी १६औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनी लाई वितरण गरिने नेपाल टेलिकमले जनाएकाे छ।