नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त

-



     सफल आवाज    
     पौष ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ पुस । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गर्ने निर्यय गरेको हो ।

नियुक्तिसँगै पाण्डेयको अवधि ४ वर्षको हुनेछ। नेपाल बैककाे चिफ मेनेजरकाे समेत जिम्मेवारी निभाइसकेका पाण्डेयले भिवोर विकास बैंकमा समेत नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए।

कुशल बैकरकाे छबी भएका बैकर तिलकराज पाण्डेयकाे नियुक्तिपछि नेपाल बैंक लिमिटेडले थप प्रगति गर्ने बैंक सञ्चालक समितिले बिश्वास गरेकाे छ।