यूनिभर्सल पावरले बाेलायाे पुस २९ गते साधारण सभा

-



     सफल आवाज    
     पौष ९ गते २०८० मा प्रकाशित



काठमाडाैं, ९ पुस । यूनिभर्सल पावर कम्पनीले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न पुस २९ साधारण सभा डाकेकाे छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लागि ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे हाे ।

सभाबाट ८.५५ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांशसहित ९ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरुमाथि छलफल गरी पनि पारित गरिने भएकाे छ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुकक्लोज हुने बताएकाे छ। सेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि पुस १७ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू लाभांश पाउन र सभामा सहभागि हुनका लागि याेग्य हुनेछन् ।

साधारण सभा पुस २९ काठमाडाैंकाे त्रिपुरेश्वरस्थित कम्पनीकाे कार्यालयमा दिउँसो १२ः१५ बजे बाेलाइएकाे छ । सभा अनलाइनमार्फत हुने भएकाे छ ।