इङवा हाइड्रोपावरले लाभांश नदिने

-



     सफल आवाज    
     पौष २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ पुस । इङवा हाइड्रोपावर लिमिटेडको साधारण सभा आज बस्दैछ । सभा बानेश्वर ब्यांकेटमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।

यसपालि कम्पनीले सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान तथा हिसाब किताब लगायतका विषयमा छलफल गरी पारित गरिनेछ।

यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ काे लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, सञ्चालकहरुको चयन लगायतका एजेण्डामा छलफल हुने भएकाे छ ।

साधारण सभाकाे प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गरेको थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरूले पुस १२ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ।