
काठमाडौं, २२ पुस । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति प्राप्त गरेकाे छ ।
नेपाल धितोपत्र बोर्ड सेबाेनले १:१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि स्वीकृति दिएकाे हाे ।
अब बैंकले प्रतिकित्ता १०० रुपैयाँको भाउमा हकप्रद जारी गर्नेछ । बैंकका चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ । हकप्रद जारी गरिएपछि चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्ने भएकाे छ ।
बैंकले २०७९ भदौ ९ गते हकप्रद सेयर बिक्रीका लागि अनुमति मागेकाे थियो । साे आवेदन दिएको १६ महिनापछि स्वीकृति पाएको हो।








रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




