
काठमाडौं, २३ पुस । प्रतिनिधिसभा सदस्य उर्मिला माझी पौडेलले लमजुङको विकासमा सर्वपक्षीय प्रतिबद्धता आवश्यक रहेको बताएकी छन् ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा लमजुङको सदरमुकाम बेँसीसहरमा आयोजित दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी कार्यक्रममा सांसद माझीले योजना तर्जुमा गर्दा योजनाको आवश्यकता पहिचान र प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिइन्।
संसद्को पूर्वाधार विकास समिति सदस्यसमेत रहेकी माओवादी केन्द्रकी सांसद माझीले लमजुङको विकास योजना निर्माण गर्दा कृषि, जलविद्युत्, पर्यटनका साथमा जलवायु परिवर्तनको असर न्यूनीकरणलाई पनि समेट्नुपर्ने बताइन्।
योजना निर्माण गर्दा र बजेट विनियोजन गर्दा नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिइन्।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




