
तेल अभिभ, २४ पुस । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताएका छन् ।
उनले भने, “मृत्यु हुने प्यालेष्टिनी बालबालिका र महिलासहित सर्वसाधारणको सङ्ख्या ‘धेरै’ हुनु दुःखको बिषय भएको र यस सम्बन्धमा संयमित हुन इजरायली प्रशासनसँग आग्रह गरिएको छ ।”
गाजा पट्टीमा युद्ध सुरु भएयता मध्यपूर्वको आफ्नो चौथो सङ्कटकालीन भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग तेल अभिभमा भेटवार्ता गरेका थिए ।
ब्लिन्केनले तेल अभिभमा पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाले आफ्नो सहयोगीलाई समर्थन जारी राख्ने बताए । प्यालेस्टिनी क्षेत्रमा फसेका इजरायली तथा अन्य देशका नागरिकहरूको सुरक्षाका लागि थप काम गर्न पनि आवश्यक रहेको बताए ।
वासिङ्टनले युद्धपछिको परिदृश्य प्रस्तुत गरेको छ, जसमा राष्ट्रपति महमुद अब्बासको नेतृत्वमा रहेको सुधारिएको प्यालेस्टिनी प्राधिकरणले पश्चिम किनाराका साथै गाजामा पनि शासन गरिरहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




