७ करोडकाे आईपिओ जारी गर्दै हिमालयन टाइम्स

-



     सफल आवाज    
     माघ १ गते २०८० मा प्रकाशित



काठमाडाैं, १ माघ । यतिखेर नेपालका मिडियाहरू पनि आईपीओ निष्काशनकाे पाइपलाइनमा देखिन थालेका छन् । पछिल्लाे पटक सेयर निष्काशनकाे लाइनमा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड देखिएकाे हाे ।

एचटिएमइटिएलले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे हाे । कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

सेयर खुल्ला गर्न हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड र मुक्तिनाथ क्यापिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेकाे छ ।

कम्पनीले रुपैयाँ ७ करोड बराबरको ७ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारि गर्ने भएकाे छ । यसकाे प्रतिसेयर मूल्य रुपैयाँ १ सय रहने भएकाे छ ।

द हिमालयन टाइम्स (THT) अंग्रेजी भाषामा प्रकाशित हुँदै आएको राष्ट्रिय दैनिक हाे । याे दैनिक सन् २००१ मा स्थापना भएकाे थियाे ।

यसअघि नेपाल रिपब्लिक मिडियाले डिया क्षेत्रबाट पहिलाे पटक सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाे थियाे । साे मिडियाले गत जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता सेयर खुलाएकाे थियाे ।