
अक्षयकोष स्थापनाको लागि रकम सहयोग । सांकेतिक तस्वीर
लायन्स क्लब अफ उज्यालो चौतारीले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ।
पोखरा बगरमा रहेको संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीको लागि क्लबले आफ्ना सदस्यबाट रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरेको क्लबका अध्यक्ष अच्युत शर्माले बताए।
उनले भने, अहिले बोर्डिङ स्कूल पढ्ने र उच्चशिक्षाका लागि विदेश जाने संस्कारको विकास भइरहेको छ, संस्कृत शिक्षाको महत्व उजागार हुन नसक्दा मौलिक संस्कार र संस्कृतिसमेत गुमिरहेको छ, यसको महत्वलाई उजागार गर्न संस्कृत शिक्षामा जोड दिन आवश्यक छ, यो सानो प्रयासले संस्कृत भाषा उत्थानमा सहयोग पुग्नेछ ।
उनले अक्षयकोषको रकमको ब्याजले संस्कृत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको अध्ययन खर्चमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापक गोविन्द सिग्देलले स्कूलमा हाल २ सय जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए । उनका अनुसार कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । कक्षा ६ देखि १२ सम्म २०० पूर्णाङ्कको संस्कृत विषय पढ्नुपर्ने हुन्छ भने आवासीय विद्यार्थीले ३ सय पूर्णाङ्कको संस्कृत विषयको परीक्षा दिनुपर्ने हुन्छ।
विद्यालयमा ४० दलित विद्यार्थी छन् । त्यसैगरी ४० प्रतिशत छात्राले संस्कृत विषय अध्ययन गरिरहेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




