
पोखरा, २१ मंसिर । नेपालमा गएको २४ घण्टामा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार ६ हजार ४ सय १९ पीसीआर गर्दा १ हजार ९६ जनामा कोरोना कोरोना पुष्टि भएको छ।
प्रवक्ता गौतमका अनुसार देशभरमा सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ मात्र रहेको छ । हालसम्म २ लाख २५ हजार ८ सय ५ जना निको भएका छन् । गएको २४ घण्टामा १ हजार ७ सय ५२ जना निको भइ घर फर्केका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




