
काठमाडाैं, २४ मंसिर । अमेरिकी विदेश मन्त्री मायक पोम्पेओले एउटा वक्तव्य प्रकाशित गर्दै कानून बमोजिम हङकङ राष्ट्रिय सुरक्षा कानून लागू गरेको आरोप लगाएका छन् । अमेरिकाले चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका उपाध्यक्षमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन ।
अमेरिकाको उक्त कदमले गम्भीर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमहरूको उल्लंघन गरेको भन्दै चीनले आफ्नो आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भएको ठहर गरेको छ र चीन-अमेरिका सम्बन्धमा गम्भीर क्षति पुग्ने चेतावनी दिएको छ। चिनियाँ सरकार र जनताले अमेरिकी पक्षको अहंकार, अव्यावहारिक र पागलपनको कडा निन्दा गर्ने पनि चीनले बताएको छ।
हङकङ मामिला विशुद्ध चीनको आन्तरिक मामिला हो र अमेरिकालाई हस्तक्षेप गर्ने अधिकार छैन। चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिले हङकङ राष्ट्रिय सुरक्षा कानून चिनियाँ संविधान बमोजिम बनाउनु पूर्णतया चीनको सार्वभौमिकतासँग सम्वद्ध छ भनेकाे छ ।
चीनले अमेरिकालाई आफ्नो गलत निर्णय तुरुन्त फिर्ता लिन, चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप रोक्न तथा खतरनाक गलत बाटोमा अघि नबढ्न पनि सचेत गराएको सिआरआइले लेखेकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




