
कायरो, २० फागुन । गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसहित हमासको टोली इजिप्ट पुगेको इजिप्टको सरकारी समाचार संस्था अल–काहेरा न्यूजले आइतबार जनाएको छ ।
कायरो, दोहा र वासिङ्टनले इजरायल र हमासबीच अक्टोबर ७ मा भएको आक्रमणपछि सुरु भएको करिब पाँच महिना लामो युद्धलाई रोक्ने उद्देश्यले हप्तौं लामो वार्तामा मध्यस्थता गरेका छन् । उनीहरूको लक्ष्य अर्को हप्ता मुस्लिमहरूको पवित्र महिना रमजानको सुरु हुने बित्तिकै युद्धविराम गर्ने रहेको छ, तर असफल वार्ताको शृङ्खलाले आशालाई क्षीण बनाएको छ ।
वार्ता छ हप्ताका लागि युद्ध स्थगन गर्ने र इजरायली जेलबाट प्यालेस्टिनी कैदीहरूको रिहाई र बदलामा हमासले बन्धकहरूलाई मुक्त गर्ने प्रस्तावमा केन्द्रित भएको छ । अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको अनपेक्षित आक्रमणबाट युद्ध सुरु भएको थियो जसमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतबाट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ ।
इजरायलका अनुसार गाजामा प्रभाव रहेका हमास लडाकुहरूले २५० बन्धकहरूलाई अपहरण गरेका थिए भने उनीहरूमध्ये १३० जना कैदमा रहेका छन् । इजरायली घेराबन्दीमा परेको प्यालेस्टिनी भूमिमा इजरायलको जवाफी कारबाहीमा ३० हजार ४१० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




