
कायरो, १३ जेठ । इजिप्टबाट सहायताका ट्रकहरू इजरायल नियन्त्रित केरेम शालोम सीमाक्षेत्र हुँदै आइतबार गाजा क्षेत्रमा प्रवेश गर्न थालेको इजिप्टको राष्ट्रिय समाचारमाध्यम अल–काहेरा न्यूजले जनाएको छ ।
इजरायलले प्यालेस्टिनी क्षेत्र कब्जा गरेपछि मे सुरुदेखि बन्द गरेको इजिप्टपट्टीको राफाह सीमाबाट सहयोग सामग्री लिएर कूल २०० ट्रकहरू राफाहबाट लगभग चार किलोमिटर दक्षिणमा रहेको केरेम शालोम सीमातर्फ लागेका छन् ।
इजिप्टले इजरायली सेनाले प्यालेस्टिनी पक्षलाई नियन्त्रणमा लिएसम्म राफाहमार्फत सहयोग समन्वय गर्न अस्वीकार गरेको छ । तर शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँगको वार्तामा दक्षिणी गाजामा अर्को प्रवेश बिन्दु केरेम शालोममार्फत सहयोगको अनुमति दिन सहमत भएको ह्वाइट हाउसले जनाएको हो ।
अल–काहेरा न्यूजले घेराबन्दी गरिएको गाजामा निरीक्षणपश्चात कति ट्रकहरू सीमा पार गरे भनेर निर्दिष्ट नगरेको भएतापनि ‘चार इन्धन ट्रक’ सीमा पार गरिसकेर अस्पतालतर्फ गइरहेका जानकारी गराएको छ । इजिप्टबाट आउने सबै सहायता इजरायली अधिकारीहरूद्वारा निरीक्षण गरिन्छ र संयुक्त राष्ट्रसङ्घमार्फत वितरण गरिनेछ ।
“बाँकी २०० सहायताका ट्रकहरू आज गाजामा प्रवेश गर्ने अपेक्षा गरिएको छ,” अल–अरिसमा इजिप्टियन रेड क्रिसेन्टका प्रमुख खालिद जायदले भने।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




