
बेइजिङ, ४ मंसिर । पेरु सरकारका एकजना उच्च स्तरीय अधिकारीले चीनको कोरोना भाइरस खोपको परीक्षण पुनःशुरु गर्न पेरुले स्वीकृति दिएको बताएका छन् । पेरुका स्वास्थ्य मन्त्री पिलार माजेट्टीले गत बुधबार साइनोफर्मको खोपको परीक्षण पुनःशुरु गर्ने घोषणा गरेका हुन ।
गत साता एकजना स्वयं सेवकको स्वास्थ्यमा समस्या देखिएको थियो। पेरुले १२ हजार व्यक्तिको परीक्षण रोकेको छ। पेरुको स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीकाअनुसार, एक चिकित्सक समितिले उक्त व्यक्तिको रोग खोपसित सम्बन्धित नरहेको कुरा पत्ता लगाएको छ।
पेरुका स्वास्थ्य मन्त्री माजेट्टीले पत्रकार सम्मेलनमा सरकारले साइनोफार्मसँग खोपको खरीदसम्बन्धी वार्ता पुनःशुरु गर्ने कुरा बताएका सिआरआइले लेखेकाे छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




