
रेली, संयुक्त राज्य अमेरिका, १५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै जो बाइडेनले आफू नै नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनाव जित्ने सही व्यक्ति भएको दाबी गरेका छन्।
नर्थ क्यारोलिना राज्यमा चुनावी ¥यालीमा राष्ट्रपति बाइडेनको कडा भनाइ देशको सबैभन्दा प्रभावशाली पत्रिकाले उहाँलाई पद त्याग्न आग्रह गर्नुभन्दा केही समयअघि नै र डेमोक्रयाटिक पार्टीमा ८१ वर्षीय उहाँलाई आफ्नो उम्मेदवारको रूपमा प्रतिस्थापन गर्ने विषयमा चिन्ता व्यक्त भइरहेका बेला आएको हो ।
“म पहिलेजस्तो सजिलोसँग हिँड्न सक्दिनँ । म पहिलेजस्तो सहजै बोल्न सक्दिनँ । म पहिलेजस्तो बहस गर्दिनँ,” राष्ट्रपति बाइडेनले आफ्ना समर्थकलाई असामान्य रूपमा स्वीकारोक्तिपूर्ण टिप्पणी गर्दै भने। “तर म साँचो कुरा कसरी भन्ने जान्दछु । यो काम कसरी गर्ने मलाई थाहा छ”, तालीको गडगडाहटबीच उनले भने, “जब तपाईं ढल्नुहुन्छ फेरि उठ्नुहुन्छ ।” बाइडनको टोली बिहीबारको बहसपछि क्षति नियन्त्रणको अवस्थामामा छ ।
उहाँ अक्सर हिचकिचाउनुभएको थियो । शब्द चयनमा हडबडाएका थिए । यसले पार्टीमा उनको अर्को कार्यकाल पूरा गर्ने क्षमताको बारेमा डर बढाएको थियो । उनले आफ्नो बढ्दो उमेरको बारेमा भ्रम हटाउन र ट्रम्पलाई अभ्यस्त झूटको रूपमा पर्दाफास गर्ने आशा पार्टीले गरेको थियो ।
राष्ट्रपति बाइडेनले आफ्नो शब्दभेदी प्रतिद्वन्द्वीको सामना गर्न असफल हुनुभएको थियो । ट्रम्पले अमेरिकी अर्थव्यवस्थादेखि आप्रवासनसम्म सबै कुराको बारेमा झूटा वा भ्रामक बयानहरूको एक ठूलो चुनौतीको फेहरिस्त प्रस्तुत गरेका थिए ।
शुक्रबार बाइडेनले डेमोक्र्याटले टेलिभिजनमा प्रसारण भएको बहसमा भनेको कुरा सुनाउँदै भने, “के तपाईंले हिजो राति ट्रम्पलाई देख्नुभएको थियो? मेरो अनुमान के हो भने उहाँले एउटै बहसमा बोलेका सबैभन्दा धेरै झुटका लागि नयाँ रेकर्ड बनाउनुभएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




