निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते

-



     सफल आवाज    
     असार ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० असार । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियाको एक चुनावी र्यालीमा सरिक भएकाे बेलामा उनमाथि गाेलि प्रहार भएकाे हाे ।

ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएपछि सुरक्षाकर्मीले उनलाई तत्कालै उद्धार गरेका थिए । 

घटना लगत्तै ट्रम्पले आफ्नाे सामाजिक सञ्जालमा लेख्दै आफू सकुशल रहेको र उपचार भइरहेकाे बताएका छन् ।

ट्रम्पले सामाजिक सन्जालमा लेखेका छन्, गाेलि चलेका आवाज सुने । गाेलीले मेराे छाला छाेएर गयाे । अनि रगत बगेका देखेपछि गाेली प्रकार गरिएकाे थाहाँ भयाे ।