
बेइजिङ, १४ साउन । विश्वव्यापी तनाव व्यवस्थापनमा चीन ‘महत्वपूर्ण मध्यस्थकर्ता’ भएको इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा बताए ।
गत वर्षको अन्त्यमा बेइजिङको विशाल बेल्ट एण्ड रोड इनिसिएटिभबाट आफ्नो देशको बहिर्गमनका कारण चिसिएको सम्बन्धलाई ‘पुनः सुरु’ गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेलोनी करिब दुई वर्षअघि कार्यभार सम्हालेयता पहिलो पटक चीन भ्रमणका शिलशिलामा बेइजिङमा छन्।
बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा सोमबार इटालीका प्रधानमन्त्री मेलोनीले सीसँग वार्ता गरे। “अन्तर्राष्ट्रिय स्तरमा असुरक्षा बढिरहेको छ र मलाई लाग्छ कि यी सबै गतिशीलतालाई सम्बोधन गर्न चीन अनिवार्य रूपमा एक महत्वपूर्ण मध्यस्थ वार्ताकार हो,” उनले सीसँग भने।
उक्त अवसरमा स्थिरताको प्रत्याभूति कसरी गर्ने, शान्तिको प्रत्याभूति कसरी गर्ने भन्ने विषयमा दुई देशले मिलेर सोच्नुपर्ने उनले बताए। उनले चिनियाँ राष्ट्रपति सीसँग भने, “सबैभन्दा ठूलो कुरा हामीलाई स्थिर रहनका लागि हामीले काम गर्ने नियमको प्रणाली आवश्यक छ ।” सो अवसरमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ र रोमबीचको ‘लामो समयदेखि स्थापित मैत्रीपूर्ण’ सम्बन्धको प्रशंसा गरे ।
“दुवै पक्षले सहिष्णुता, पारस्परिक विश्वास र पारस्परिक सम्मान कायम राखेका छन् र प्रत्येकले आ–आफ्नो विकासको बाटो रोज्छन्,” उनले भने। चिनियाँ प्रधानमन्त्री ली कियाङसँग आइतबार भएको भेटमा मेलोनीले आफ्नो भ्रमणले द्विपक्षीय सहयोगलाई पुनः स्थापित गर्ने बताएका थिए ।
नेता द्वयले एक द्विपक्षीय कार्य योजनामा हस्ताक्षर गर्दै ‘व्यापारिक सम्बन्ध सन्तुलित र पारस्परिक लाभकारी छ भन्ने सुनिश्चित गर्नुपर्ने’ मा जोड दिए । दस्तावेजका अनुसार यसको अर्थ ‘कम्पनीहरूले निष्पक्ष प्रतिस्पर्धा र स्वतन्त्र व्यापारको भावनामा समान सर्तमा काम गर्न सक्दछन् ।” वार्ताका क्रममा लीले इटालीसँगको सम्बन्धलाई थप परिपक्व र स्थिर दिशामा अघि बढाउन बेइजिङ इच्छुक रहेको बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




