
टोकियो, १७ साउन । कमजोर येन र लागत कटौतीले विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटालाई आफ्नो घरेलु बजारमा उत्पादन र बिक्रीमा आएको गिरावटलाई हटाउन मद्दत गरेको छ ।
कम्पनीको पहिलो त्रैमासिकको खुद मुनाफामा सामान्य वृद्धि भएको बिहीबार टोयोटाको जनाएको छ । कम्पनीको खुद आम्दानी १.७ प्रतिशतले बढेर १.३३ ट्रिलियन येन (८.९ अर्ब अमेरिकी डलर) पुगेको छ भने सञ्चालन मुनाफा १६.७ प्रतिशतले बढेर १.३१ ट्रिलियन येन पुगेको छ ।
राजस्व सङ्कलनमा १२.२ प्रतिशत बढेर ११.८ ट्रिलियन येन पुगेको छ । बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले आफ्नो बर्षभरीको आम्दानीको पूर्वानुमानमा कुनै परिवर्तन नभएको जनाएको छ ।
टोयोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जापानमा उत्पादन र बिक्रीमा कमी आए पनि विदेशी विनिमय दर र लागत घटाउने प्रयासको प्रभावका कारण हाम्रो सञ्चालन आय १.३ ट्रिलियन येन थियो ।
टोयोटाले भनेको छ, “प्रमाणीकरणको समस्या र फिर्ताजस्ता कारकहरूले गर्दा जापानमा स्थिर उत्पादन कायम गर्न असमर्थताको बावजुद, हामीले आपूर्तिकर्ता र व्यवसायिक किनबेचमा सहकार्यमा संलग्न डिलरसहित हाम्रा सबै सरोकारवालाहरूको सहयोगले मुनाफामा वृद्धि हासिल गर्न सफल भएका छौँ ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




