
किएभ, ३२ साउन । युक्रेनले रूसको पश्चिमी कुर्स्कमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको दाबी गरेको छ । युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिर्स्कीले यस सैन्य सिविरबाट रूसमाथि आक्रमण जारी रहेको बताए ।
सिर्स्कीका अनुसार पश्चिमी कुर्स्क क्षेत्रमा खोलिएको यो कार्यालयले कानून र व्यवस्था कायम राख्नेछ र जनताको तात्कालिक आवश्यकताहरू पूरा गर्नेछ । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा कार्यालय निर्माण गरिएको उल्लेख गरे।
यसैबीच, रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको कदमप्रति प्रतिक्रिया व्यक्त गर्दै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताए ।
युक्रेनले पनि बिहीबार रूसी क्षेत्रमा लाभ हासिल गरेको दाबी गरेको थियो । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुस्र्क क्षेत्रमा ३५ किलोमिटरसम्म प्रवेश गरेको छ । उनीहरूले ८२ बस्तीसहित १,१५० वर्ग किलोमिटर क्षेत्र ओगटेका छन् । युक्रेनको रुसमाथि भएको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो ।
तर युक्रेनले भने रूसी भूमि कब्जा गर्न इच्छुक नरहेको बताएको छ । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ह्योरही टाइकीले बुधबार एक वक्तव्य जारी गर्दै रूसलाई शान्ति स्थापनाका लागि दबाब दिने प्रयासअन्तर्गत उक्त आक्रमण भएको बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




