बिहिबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     भाद्र २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ बिहिबार नेपाली बजारमा सुनको स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।