नेप्से १२.१० अंकले घट्यो, साढे ९ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० भदौ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा गिरावट भएको छ । कारोबार रकम पनि अन्य दिनहरुको भन्दा कम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा रहेको छ । नेप्सेमा ०.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.३५ अंकले घटेर ४८६.३६ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन ३१६ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड १ लाख ५३ हजार ९ सय ८३ कित्ता सेयरको खरिदबिक्रीबाट साढे ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४० करोड ५० लाख ९९ हजार ९ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.९१ अंकले घटेको छ ।