सुन तोलाको १ लाख ५३ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     भाद्र २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ भदौ । साताको सुनचाँदीको कारोबार हुने छटौं दिन शसक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३० ले बढेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १३ सयले बढेर तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यससअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।