
कोलम्बो, ३१ भदौ । दुई वर्षअघि दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि चलेको आन्दोलनपछि हुन लागेको पहिलो आम निर्वाचनमा अनुरा कुमारा दिसानायका र उgको जेभीपी भनिने पिपुल्स लिबरेशन फ्रन्टको लोकप्रियता बढेको छ ।
सेप्टेम्बर २१ मा हुने निर्वाचनमा राष्ट्रपतिपदका प्रत्यासी दिसानायकाले सङ्कटग्रस्त मुलुकको सामाजिक, राजनीतिक तथा आर्थिक क्रान्तिका लागि आफूलाई निर्वाचित गर्न शुभेच्छुक मतदातासँग आग्रह गरेका छन् । श्रीलङ्काको माक्र्सवादी पार्टीले दुई चरणमा गरेका विद्रोहमा ८० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।
विद्रोहबाट सत्ता कब्जा गर्न नसकेपछि शान्तिपूर्ण राजनीतिमा समाहित भएको जेभिपीका नेता तथा राष्ट्रपतिपदका प्रत्यासी दिसानायका एक मजदुर परिवारबाट राजनीतिमा आएका हुन्।
लामो समयदेखि स्थापित राजनीतिज्ञहरूबाट निराश पेशेवरहरूसँग गठबन्धन बनाएपछि राष्ट्रपतीय चुनावमा एक प्रबल दाबेदारका रूपमा ५५ वर्षीय दिसानायकाले सामाजिक रूपान्तरणका लागि युवाहरूको समृद्ध र भ्रष्टारामुक्त श्रीलङ्काको आवाजलाई साथ दिने बताए ।
सन् २०२२ मा यस टापुको आर्थिक मन्दीका लागि भ्रष्टाचार, नातावाद र अक्षमताका लागि समाजवादी र दक्षिणपन्थी दुवै पुँजीवादी सरकारहरू जिम्मेवार रहेको उनको दाबी छ । बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काले बेलायती औपनिवेशिक शासनबाट सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेयताको यो सबैभन्दा खराब आर्थिक मन्दी हो ।
व्यापक आर्थिक मन्दीको असर सर्वसाधारण नागरिकसमेतको दैनिकीमा पर्न थालेपछि सुधारको मागसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले तत्कालीन राष्ट्रपति गोटबाया राजपाक्षको सरकारी कार्यालयमा आक्रमण गरेपछि उनले देश छोड्न र राजीनामा दिन बाध्य भएका थिए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




