यी ३ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ असोज । सिटिजन्स क्यापिटलका ३ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले बुधबार असोज २३ गते बुकक्लोज गर्ने भएका छन्।

लाभांश पाउने हकदार बन्नका लागि इकाईधनीहरुले आजसम्म नेप्सेमा सेयर कारोबार गरेर कायम भएकाे हुनुपर्छ । यसरी कायम हुने इकाईधनीहरुले मात्र लाभांश पाउनका लागि याेग्य मानिनेछन्।

तीनवटै फण्डहरुकाे याेजना व्यवस्थापनक सिटिजन्स क्यापिटल रहेकाे छ । सिटिजन्स म्युचुअल फन्ड १ ले इकाइधनीहरुलाई गत वर्षको नाफाबाट प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० ले १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन्।