सुन तोलामा रु ४ सयले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     असाेज २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ४० ले गिरावट भएको जनाएको छ

छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४० ले घटेर तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।
सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।