सुन तोलामा रु १ हजारले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     असाेज २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले घटेको छ । चाँदीमा रुपैयाँ ४० ले गिरावट भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४० ले घटेर तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।