
काठमाडौं, १ कात्तिक । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि शुक्रबार कात्तिक २ गते बुकक्लोज हुने जानकारी दिएकाे छ।
शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आज कात्तिक १ गतेसम्म नेप्सेमा सेयरकेा काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिने छन्।
कम्पनीकाे २१ औँ साधारणसभा कात्तिक १९ गते बाेलाइएकाे छ । सभामा ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांशसहित ५ .२६३२ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे ५ । सभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा पूर्वान्ह ११ बजे डाकिएकाे छ।
सभाका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन, सहायक कम्पनी अपि इन्फ्रामा शतप्रतिशत शेयर स्वामित्वकाे लगानी गर्ने, लटिनाथ पावर कम्पनीमा लगानी गर्ने, न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी, मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।
यस्तै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरने तथा माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माणका लागि लगानीलाई अनुमोदन गर्ने प्रस्ताव रहेकाे छ । सभामा १ महिला तथा १ स्वतन्त्रसहित ५ जना सञ्चालकहरु चयन गरिने जनाइएकाे छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




