समता घरेलु लघुवित्तले कात्तिक १२ मा एफपीओ खुलाउदै

-



     सफल आवाज    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने जनाएकाे छ । संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको हाे ।

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेकाे थियाे । त्यसअनुसार शेयर पूँजी संरचना रेसियाे संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग हुने शेयर सर्वसाधारणका लागि एफपीओ खुलाउन लागेकाे हाे ।

संस्थाले रुपैयाा ३ करोड ५० लाख ९० हजार ४२५ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर खुलाउने भएकाे हाे । प्रितकित्ता रुपैयाँ १ सय रहेकाे शेयरका लागि कात्तिक २० गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे समयमा पूरा आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसमा सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।

लघुवित्तको चुक्ता पूँजी रुपैयाँ ५६ करोड ४० लाख ६ हजार ३०४ रहेको छ। एफपीओ बिक्रीपछि चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा हुनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।