सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ कात्तिक । लागातार सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाईरहेकोमा आज भने केहि घटेको छ ।

साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउमा रुपैयाँ ७ सयले गिरावट भएको हो ।
चाँदीको भाउमा रुपैयाँ ४० ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको रुपैयाँ १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीमा रुपैयाँ ४० ले घटेर तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको २ हजार १३५ रुपैयाँ कारोबार भएको थियो ।