
काठमाडाैं, ९ कात्तिक । आज दुई कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन भएको छ।
यी दुई कम्पनीले बुकक्लोज गरेपछि उनीहरूकाे शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिएकाे नेप्सेले जनाएकाे छ । स्वाबलम्बनले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेको हो।
स्वाबलम्बन लघुवित्त
स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । समायोजनपछि लघुवित्तको शेयरमूल्य ९४० रुपैयाँ ९२ पैसा कायम गरिएकाे छ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन
लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर समायोजन भएकाे छ । समायोजनपछि इन्स्योरेन्सको शेयरमूल्य १ हजार १०१ रुपैयाँ ८५ पैसा कायम गरिएकाे छ।
नेप्सेका अनुसार अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा शेयरमूल्य समयाोजन गरिएकाे हो। अघिल्लो कारोबार दिन बिहीबार स्वाबलम्बनको शेयर प्रतिकित्ता १ हजार ७५ रुपैयाँ रहेकाे थियाे । उता लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १ हजार ९८८ रुपैयाँ थियो।
नेप्सेका अनुसार अब आइतबार समायोजन गरिएकाे नयाँ मूल्यकाे आधारमा दुबै कम्पनीकाे सेयर दोस्रो बजारमा कारोबार खुल्ने भएकाे छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




