शुक्रबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     कार्तिक ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ २५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ तोलाको रुपैयाँ २५ ले घटेर तोलाको २ हजार ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।