लाभांश पारित गर्न सगरमाथा जलविद्युतले डाक्याे एजिएम

-



     सफल आवाज    
     कार्तिक ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ कात्तिक । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशकाे घोषणा तथा चौथो साधारण सभा पनि डाकेकाे छ।

कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गरेकाे हाे ।

कम्पनीले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदनका लागि मंसिर १४ गते स्मार्ट दरबार शंखपार्क, काठमाडौँमा साधारण सभा डाकेकाे हाे । साधारण सभा बिहान ९ बजे बाेलाइएकाे छ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि कात्तिक २६ गते बुकक्लोज गरिने भएकाे छ । साभामा भाग लिन र लाभांश पाउनका लागि शेयरधनीहरूले कात्तिक २५ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।