अरुण भ्याली हाइड्रोकाे नाफा बढ्याे, प्रतिशेयर आम्दानी कति ?

-



     सफल आवाज    
     कार्तिक २६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २६ कात्तिक । अरुण भ्याली हाइड्रोपावर कम्पनीकाे खुद नाफा बढेकाे छ ।

कम्पनीकाे प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।

असोज मसान्तसम्म कम्पनीले रूपैयाँ ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ७२०.५३ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रूपैयाँ १ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो।

कम्पनीका अनुसार विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीकाे खर्च घटेकाेले खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे ।

विद्युत बिक्री आम्दानी ४८५.५७ प्रतिशत बढेर रूपैयाँ ७ करोड ७४ लाख रहेकाे छ। अन्य आम्दानी २५.६१ प्रतिशतले बढेकाे छ । जाे रूपैयाँ ११ करोड २१ लाख भएकाे छ। खर्च ४३.६३ प्रतिशतले घटेर रूपैयाँ ३ लाख ६९ हजार रुपैयाँमा झरेकाे छ ।

प्रतिशेयर आम्दानी ९ रुपैयाँ १७ पैसा बढेर १२ रुपैयाँ १२ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २३.८४ गुणा रहेको छ।

कम्पनीकाे चुक्ता पूँजी रूपैयाँ ३ अर्ब ७३ करोड रहेको छ । अन्य इक्विटी रूपैयाँ २५ करोड ५२ लाख रहेको छ।