सुन तोलामा रु एक हजारले घट्याे, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     कार्तिक २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । साताकाे सुनचाँदीकाे काराेबारर हुने दाेश्राे दिन साेमबार सुनचाँदीकाे भाउ घटेकाे छ ।

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको तथा चाँदीमा रू ५ ले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकाेमा आजका लागि भने रु एक लाख ६५ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार नौ सय ५५ निर्धारण भएको छ ।