काठमाडौं, २६ कात्तिक । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली शेयर बजारमा सकारात्मक माहोल बनेको छ । नेप्सेमा फर्किएको सकारात्मक लयले लगानीकर्ताहरु उत्साही भएका छन् ।
दशैं, तिहार अगाडी घट्दो क्रममा रहेको नेप्सेमा तिहारको बिदा सुकिएपछि उकालो लाग्न थालेकोले सुधारका संकेतहरु देखि थालेका हुन् कि भन्ने आकलन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेको छ । नेप्सेमा ०.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.६१ अंकले बढेर ४९०.७२ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये ५ वटाा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । कुल ३०२ वटा कम्पनीहरुको शेयर कारोबार भएकोछ ।
उनीहरुको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयरको करोबारबाट ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँ ९ पैसा बराबरको कारोबार भईरहेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी साहश उर्जा लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३८ करोड १७ लाख ८७ हजार २४४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




