बुधबार सुनमा ४ सयले गिरावट, चाँदीको भाउ बढ्यो

-



     सफल आवाज    
     कार्तिक २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ । चाँदीको भाउ भने रुपैयाँ १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।