काठमाडौं, २९ कात्तिक । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
तिहारको बिदापछि सकारात्मक लय जाने अपेक्षा गरिएको शेयर बजारमा अपडाउन भईरहेकोले अझैं स्थिर बन्न सकिएको छैन । लगानीकर्ताहरु अझैं सुधार भएको बजार र उकालो लागेको दृश्यको पखाईमा रहिरहेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.९५ अंकले बढेको यसरी बढेको नेप्से २७४८.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५१ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३२१ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयरको खरिदबिक्रीबाट १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३५ करोड २४ लाख ९९ हजार ३८९ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.१२ प्रतिशतले बढेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




