समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न

-



     सफल आवाज    
     कार्तिक ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँट गरेकाे छ । साे शेयर आज बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएकाे हो।

संस्थाले कात्तिक १२ गतेदेखि २० गतेसम्म रुपैयाँ ३ करोड ५० लाख ९० हजार ४२५ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर जारी गरेकाे थियाे ।

शेयरमा १३ लाख ४८ हजार ९१२ आवेदकले शेयर माग गरेका थिए । उनीहरुले १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । ती मध्य १ हजार ३९९ आवेदन रद्द भएका छन् । १३ लाख ४७ हजार ५१३ आवेदन स्वीकृत भएका थिए ।

मुक्तिनाथ क्यापिटलका अनुसार गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको हाे । यसमा ३५ हजार ९० आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन्। ४.२५ कित्ता शेयर १ कित्ताका दरले ४ जनालाई र ०.२५ कित्ता एक जनालाई बाँडफाँट गरिएको छ ।