काठमाडौं, २ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
नेप्सेमा सामान्य बृद्धि भएपछि अब भने सुधारको लय लिन्छकि भन्ने आकलन गरिएको छ । नेप्से उकालो लागेसंगै कारोबार सन्तोषजनक रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंकले घटेर ४८५.९१ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटामा भने हरियो लागेको छ । यसदिन ३२६ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी न्याग्दि ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४५ करोड १७ लाख १० हजार ३७२ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




