सुनमा रु ११ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     मंसिर ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सयले बढेको जानकारी गराएकाे छ । चाँदीमा रुपैयाँ ३५ ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।