नेप्सेमा ९.०९ अंकको बृद्धि, ७ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्सेमा देखिएको सकारात्मक लयले लगानीकर्तालाई उत्साहि बनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेको छ । नेप्सेमा ०.३३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.३४ अंकले बढेर ४७८.५० विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटामा हरियो लागेको छ । कुल ३२३ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँ ३९ पैसा बराबरको कारोबार भएको छ ।

काराेबारको आधारमा सबैभन्दा बढी न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३२ करोड ८१ लाख ९० हजार २५९ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।