हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको पहिलाे साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     मंसिर ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ मंसिर । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएकाे छ । सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठको सभापतित्व सम्पन्न उक्त साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८०-८१ को वित्तिय लेखापरिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णयसहित पारित भएका छन् ।

कम्पनीको अध्यक्ष पदमा दीपक कुमार श्रेष्ठ, संचालकतर्फ सिताराम वाग्ले र श्रीमती आकांक्षा गुप्ताको पूनर्नियुति भएको छ भने थप स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेश कुमार लालको पनि नियुक्त भएको बताइएकाे छ ।

कम्पनीले मुख्य गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दैै आएकोमा आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसंग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य तथा योजना रहेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठले बताए ।

कम्पनीका अध्यक्ष दीपक कुमार श्रेष्ठले कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मार्गदर्शन गर्ने मुख्य कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नियामक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, सञ्चारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनी तथा कम्पनीका कर्मचारीहरु सबैलाई धन्यवाद दिएका थिए ।