ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । आज ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ ।

दुबै बैंकहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर ९ गते बुकक्लोज गर्ने भएका छन्। शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनका लागि आजसम्म नेप्सेमा कारोबार गरे कायम भएकाे हुनुपर्नेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १८ औँ साधारण सभा डाकेकाे छ । साधारण सभा बिहान १० बजे बाेलाइएकाे छ।

सभाबाट ५.५० प्रतिशत बोनस शेयर वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक ताेकिने छ । साथै सभामा स्वतन्त्र सञ्चालक नियुक्ति लगायतका प्रस्तावहरु पेश हुनेछन्।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले मंसिर १९ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा १७ औँ साधारण सभा बा्डालाएकाे छ । सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ।

सभाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै नियमावली संशोधन, मर्ज वा एक्विजिशनकाे काम गर्नकाे लागि सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गरिनेछ । सभाबाट लेखापरीक्षककाे नियुक्त पारिश्रमिक ताेकिनेछ ।