
काठमाडौं, ६ मंसिर । साताको शेयर कारोबार हुने पाँचौ बिहिबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
शेयर बजार राताम्मै हुँदा लगानीकर्ताहरु फेरि पर्ख र हेरको अवश्थामा पुगेका छन् ।
कांग्रेस र एमालेको नयाँ सरकार बनेपछि अर्थमन्त्री विष्णु पौडेल नियुक्त भएको दोश्रो दिनबाट उकालो लाग्दै ३० अर्ब सम्मको कारोबार भएको नेप्सेमा हाल लगभग तीनचौथाई घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा झरेको छ । नेप्सेमा १.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.५३ अंकले घटेर ४७२.९७ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमुहहरुमा रातो लागेको छ । कुल ३१४ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८८६ रुपैयाँ ८३ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको २५ करोड २४ लाख १० हजार ९६० रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्उ बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।











सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




