
काठमाडौं, ७ मंसिर। लाजिम्पाट काठमाडौंमा प्रधान कार्यालय रहेकाे गरिमा विकास बैंक लिमिटेडले आज मंसिर ७ गते शुक्रबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।
विकास बैंकले १८औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।
बैकबाट प्राप्त जानकारी अनुसार भाेलि विहान ८ बजेदेखी केन्द्रीय कार्यालय सहित देशभरका ७ वटा शाखा कार्यालय परिसरमा रक्तदान कार्यक्रम हुँदैछ ।
बैककाे प्रधान कार्यालय, लाजिम्पाट, शाखा कार्यालय, पोखरा, शाखा कार्यालय नारायणगढ, शाखा कार्यालय इटहरी, शाखा कार्यालय बुटवल, शाखा कार्यलय कोहलपुर र शाखा कार्यालय बिरगंज परिसरमा रक्तदान कार्यक्रम हुने भएकाेले सम्पुर्ण ग्राहकबर्ग तथा सुभेच्छुकलाइ पायक पर्ने स्थानमा रक्तदानमा सहभागी हुन बैकले अनुराेध समेत गरेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर…
कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…
काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु… 




