सुनमा रु १७ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     मंसिर ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १७ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १७ सयले बढेर तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।