नेप्सेमा १३.०३ अंकको गिरावट, पौने ८ अर्बको कारोबार

-



     सफल आवाज    
     मंसिर ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा नकारात्मक लय देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को विन्दुमा झरेको छ । नेप्सेमा ०.४८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.७६ अंकले घटेर ४७१.२० विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये दुईवटामा हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । कुल ३२२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयरको कारोबार भएको छ । यसबाट ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँ ७३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको कारोबार भएको छ । फाइनान्सको ६० करोड ८७ लाख ३६ हजार १५२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सेन्चुरी डिबेञ्चर २०८८ को शेयरमूल्य घटेको छ । सो शेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ ।