
काठमाडाैं, १० मंसिर । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड १ निष्काशन गर्न लागेकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी गर्ने भएकाे हाे । फण्ड मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो।
कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई कोष प्रवर्धक रहेकाे मुक्तिनाथ विकास बैंकलाई रहेकाे छ । २० लाख इकाई योजना व्यवस्थापकमुक्तिनाथ क्यापिटलका लागि र बाँकी ८ करोड ५० लाख इकाई भने सर्वसाधरणका लागि रहेकाे छ ।
यसमा मंसिर २० गतेबाट आवेदन दिन सकिने भएकाे छ। साे फण्डकाे घटीमा १०० इकाईका लागि आवेदन दिन पाइनेछ । बढीमा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। यसका लागि मंसिर २४ गतेसम्म म्यदा ताेकिएकाे छ। ताेकिएकाे अवधिसम्म पूरा आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिन पाइनेछ।
क्यापिटलका अनुसार कम्तीमा ५० प्रतिशतले हुने ५ करोड इकाई खरिदका लागि आवेदन परेमा इकाईको बाँडफाँड गरिनेछ । साे न्यूनतम संख्यामा इकाई बिक्री नभएकाे खण्डमा याेजना खारेज गरिने र १५ दिन भित्र निवेदकको रकम फिर्ता गरिने भएकाे छ ।
१० वर्ष अवधिको साे फण्डको इकाईका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन पाउनेछन्। फण्डको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




