
काठमाडौं, १० मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा भारी गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १५ हजार ९ सय तथा चाँदीमा रुपैयाँ ११५ ले गिरावट भएको जनाएको छ ।
छापावाल सुनमा यसदिन रुपैयाँ १५ हजार ९ सयले गिरावट भई तोलाको १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा पनि अन्इ दिनहरुको तुलनामा बढी नै गिरावट भएको छ । चाँदीमा रुपैयाँ ११५ ले घटेर तोलाको १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले सुन र चाँदीमा लाग्ने करकाे दर घटाएपछि सुन र चाँदीको मूल्यमा भारि गिरावट भएकाे हाे । सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएकोमा घटाएर भन्सार दर १० प्रतिशत कायम गरेपछि सुनको मूल्यमा भारि गिरावट भएकाे हाे ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




